शिक्षक तथा कर्मचारीले पालन गर्नु पर्ने आचारसंहिता
(क) आफूलाई तोकिएको जिम्मेवारी जवाफदेहीतापूर्वक निर्वाह गर्नु पर्ने ।
(ख) निर्धारित समयमा नियमित रूपले क्याम्पसमा आए गएको समय जनाई हाजिर हुनु पर्ने। अग्रिम बिदा
स्वीकृत नगराई क्याम्पसमा अनुपस्थित नहुने ।
(ग) आफ्नो सेवा सम्बन्धी कुरामा मतलव साध्य गर्ने मनसायले कसैमाथि पनि कुनै राजनैतिक वा अवाञ्छनीय
प्रभाव पार्न वा प्रभाव पार्ने प्रयत्न गर्न नहुने ।
(घ) नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा वा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न
सक्ने गरी विचार व्यक्त गर्न नहुने ।
(ङ) विद्यार्थीलाई योग्य नागरिक बनाउने उद्देश्य लिई अध्ययन र अध्यापनलाई आफ्नो मुख्य लक्ष्य
सम्झनु पर्ने ।
(च) आज्ञाकारिता अनुशासन सद्भाव सहयोग सदाचार सहानुभूति धैर्य र सच्चरित्रतालाई प्रोत्साहन दिनु पर्ने।
(छ) कुनै भाषा सम्प्रदाय तथा धर्म विरोधी भावना शिक्षक तथा विद्यार्थी वर्गमा फैलाउन नहुने । क्याम्पसमा
कुनै पनि भाषा, धर्म, लिङ्ग जात र अपाङ्गताको आधारमा विभेद गर्न नहुने ।
(ज) क्याम्पस वा शैक्षिक संस्थाको माध्यमद्वारा राष्ट्रिय भावना जागृत गरी देशमा भावनात्मक एकता ल्याउने
काम गर्नु पर्ने।
(झ) नेपाल राष्ट्रको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी देशको शान्ति सुरक्षा वैदेशिक सम्बन्ध र
सार्वजनिक मर्यादा तथा अदालतको अवहेलना हुने वा कुनैपनि कार्यालयको कानूनद्वारा निर्धारित कर्तव्य पूरा
गर्नमा बाधा विरोध हुने गरी प्रदर्शन हड़ताल थुनछेक तथा घेराउ गर्न नहुने ।
(ञ) विद्यार्थीलाई शारीरिक वा मानसिक यातना दिन नहुने ।
विद्यार्थीले पालन गर्नु पर्ने आचारसंहिता
(क) शिक्षकको आज्ञापालन र आदर गर्नु पर्ने ।
(ख) क्याम्पस वा बाहिर जहाँसुकै अनुशासनमा रहनु पर्ने।
(ग) राष्ट्रियता, भाषा र संस्कृतिको उत्थानको निमित्त संधै प्रयत्नशील रहनु पर्ने ।
(घ) क्याम्पसले आयोजना गरेको कार्यक्रममा सक्रिय रूपमा भाग लिनु पर्ने।
(ङ) सबैसँग शिष्ट र नम्र व्यवहार गर्नु पर्ने ।
(च) व्यवस्थापन समिति र क्याम्पसले निर्धारण गरेका आचार संहिता पालना गर्नु पर्ने ।
(छ) अपाङ्गताको आधारमा कुनै पनि विद्यार्थीहरूलाई भेदभावपूर्ण व्यवहार नगर्ने ।
(ज) सभ्य, शिष्ट र मर्यादित भाषाको प्रयोग गर्ने।
(झ) रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ लगायत स्वास्थ्यलाई हानी गर्ने कुनै पनि चिज सेवन नगर्ने ।
(ञ) आफु, परिवार र समुदायको स्वास्थ्यप्रति सजग रही स्वस्थ र पोषिलो खानेकुरा मात्र खाने ।
रुकुमेली क्याम्पस मुसिकोट नगरपालिका १ खलंगा, रुकुम (पश्चिम)
088-530008, 9868966609,9868664821
rukumelicampus@gmail.com, Rukumelicampus.edu.np


