About Campus
(त्रिभुवन विश्वविद्यालयद्धारा सम्बन्धनप्राप्त यस रुकुमेली क्याम्पसमा यहाँलाई हार्दिक स्वागत छ ।)
रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटमा रहेको रुकुमेली क्याम्पस ग्रामीण क्षेत्रका मानिसहरूद्वारा सञ्चालित सामुदायिक क्याम्पस हो। क्याम्पस राजधानी काठमाडौंबाट करिब ६४५ किलोमिटर पश्चिममा रुकुम पश्चिम जिल्लाको पूर्वी भागमा अवस्थित छ। यस जिल्लाका विद्यार्थी बाहेक रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट जिल्लाका दुर्गम क्षेत्रका विद्यार्थी पनि पढ्न आउने गरेका छन् । २०७० सालमा स्थापना भएको क्याम्पसले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायबाट सम्बन्धन प्राप्त गरेपछि बीबीएस अध्यापन गर्न थालेको थियो । हालसम्म यस क्याम्पसमा व्यवस्थापन संकायबाट ११२ जनाले स्नातक गरेका छन्। स्थापना भएको १० वर्षमा क्याम्पसले शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । यसले उच्च शिक्षामा शैक्षिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ, जसको परिणाम सफल भएको छ । यस क्याम्पसबाट स्नातक तहमा लोकसेवा आयोग, शिक्षक सेवा आयोग र विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत रहेकाले स्नातक तहमा दक्ष जनशक्तिको रूपमा योगदान पुर्याउँछन् ।
Welcome To Rukumeli Campus
The Rukumeli Campus in Musikot is located in the headquarters of Rukum West district and is a community campus run by people from rural areas. The campus is situated about 645 km west of the capital, Kathmandu, in the eastern part of Rukum West district. In addition to students from this district, students from remote areas of Rukum East, Rolpa, Salyan, and Jajarkot districts also come to study here. Established in 2070 B.S., the campus began offering a BBS program after receiving affiliation from the management faculty of Tribhuvan University. To date, 112 individuals have graduated from the management faculty at this campus. In the 10 years since its establishment, the campus has made significant progress in the field of education. It has continuously conducted educational improvement programs in higher education, resulting in successful outcomes. Graduates from this campus are employed in the Public Service Commission, Teacher Service Commission, and various government and non-government organizations, contributing as skilled manpower at the graduate level.


